बलेफी ।
बालेफी गाउँपालिका वडा नम्बर ५ ले गत बुधबार देखि परेको पानीले क्षती भएको धानबालीको विवरण संकलन थालेको छ ।
शनिबार वडा अध्यक्ष यादव ठकुरीले गत बुधबारदेखि परेको बर्षाले किसानको धानबाली क्षतिको संकलन गर्न थालेको हो ।
धान बाली भित्र्याउने समयमा बर्षाभएपछि त्यसले पुर्याएको क्षतिको विवरण संकलन गरेर वडा कार्यालयला राख्न लागीएको वडा अध्यक्ष यादब ठकुरीले जानकारी दिए।
अहिले बाली भित्र्याउने समय थियो बुधबारदेखि निरन्तर बर्षा भएपछि किसानले लगाएको धानबाली, कोदो, भटमास लगायत बालीमा क्षती पुगेको छ ।
आज र भोलि यसको विवरण संकलन गरेर वडा कार्यालयमा राख्ने र आगामी दिनमा कृषि बिमा जस्ता कार्यक्रममा किसानलाई सहयोग गर्न सकिने उदेश्यले क्षतिको विवरण निकाल्न लागिएको वडा अध्यक्ष ठकुरीले बताए ।
शनिबार वडा अध्यक्ष र किसानहरुले जङघारे, तीनघरे, ज्यामिरे बेशी र बाघमाराका किसानहरूको खेतमा पुगेर विवरण संकलन गरेका हुन् ।
अब आइतबार बिन्ज्याल, अदमार, मुलावारी, गोर्दुङ र भदौरेमा क्षतिको विवरण संकलन गर्ने लागेको वडा अध्यक्षले बताए ।
वडा अध्यक्ष ठकुरीले भने, ”अहिले वडा कार्यालयले क्षति भएको बाली र किसानको तथ्यांक निकालेर वडामा राखिने र आउदो दिनमा कृषि बिमा जस्ता कार्यक्रमबाट किसानलाई कृषि बिमाको लागि सहयोग गर्न सकिने छ ।”
आईतबार सबै स्थानको विवरण संकलन गरी आएको तथ्याङ्कलाई राखिने वडा कार्यालयले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्