images
images

हेलम्बु ५ भारती डिप्लोमा आधुनिक प्रबिधिबाट डल्ले खोर्सानी खेती सुरु

हेलम्बु ।
पर्यटकीय क्षेत्र हेलम्बु गाउँका युवाहरुले डल्ले खोर्सानी बेचेर बार्षिक ५० लाख भन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेका छन् ।

समुन्द्री सतहबाट १ हजार ८ सय मिटर उचाईमा रहेको हेलम्बु ५ को ‘भारती डिप्लोमा’ युवाहरुले रैथाने जातको डल्ले खोर्सानीलाई आधुनिक प्रविधि अपनाउदै व्यावसायिक खेतीमा रुपान्तरण गर्दै आएका छन् ।

images
images

त्यहीँका युवा बीरजित तामाङले ५ बर्ष अघिदेखि गर्दै आएको खोर्सानी खेतीलाई व्यसायिक रुपमा युवाहरुले मिलेर गर्न लागिएको हो । हेलम्बु गाउँपालिका कृषि शाखाद्वारा ५० प्रतिशत अनुदानमा एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत उक्त वडामा आधुनिक खेती गर्न प्रयोग गरिने मल्चिङ प्लाष्टिक पाए संगै त्याहाँका युवा किसान डल्ले खोर्सानी खेतीमा आकर्षित भएका हुन् ।

त्यसअघि साझा कृषि सहकारी संस्थाको समन्वय र सहयोगमा हेलम्बु कृषि शाखाले अर्थिक बर्ष २०८१÷८२ कार्यक्रमबाट आधुनिक प्रविधिद्वारा खोर्सानी रोप्न प्रयोग गरिने मल्चिङ प्लास्टिक ५०% अनुदानमा दिएको थियो ।
अहिले हेलम्बु–५ का विभिन्न टोलमा गरी त्याहाँका युवा किसानले १५ हजार भन्दा माथी खोर्सानीको बोट हुर्काएका छन् ।

सोही गाउँको खर्पुजे, प्रम्ची डाँडा लगाएत स्थानमा लगाईएको व्यवसायिक डल्ले खोर्सानी खेतीबाट यो बर्ष ५० लाख भन्दा माथि आम्दानी हुने अपेक्षा गरेको खेती सुरु गरेका युवाहरुले बताएका छन् । डल्ले खोर्सानी औषधीजन्य भएको हुनाले स्थानीय स्तरमै विक्री हुने र बढी भएको मात्र काठमाडौं सम्म लैजाने गरेको उनिहरु बताउँछन् ।

हेलम्बुमा समुन्द्री सतहबाट २४ सय मिटर उचाइ रहेको लेकमा लटरम्म स्याउ फलेको देख्न सकिन्छ भने तल गाउँमा पाखोबारीमा किसानले लगाएको डल्ले खोर्सानीको हराभरा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्