सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका ४ लहरेमा स्याउ फल्न थालेको छ। परीक्षणका लागि दुई वर्ष अगाडि रोपेको बिरुवामा स्याउ फल्न थालेको हो।
उक्त स्थानमा उत्पादन हुने नहुने दुविधाकै बीच परीक्षणको लागि रोपेका २२ वटा बिरुवामध्ये १२ वटा मा स्याउ फलेको वडा अध्यक्ष विजय गुभाजुले जानकारी दिए ।
“स्याउ रोप्न लागेका छौं, आगामी दिनमा लहरेलाई स्याउ र किवीको पकेट क्षेत्र बनाएर कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने लक्ष्य राखेका छौं” वडाध्यक्ष गुभाजुले भने ।
गाउँपालिकाले कुन कुन वडाको कुन स्थानमा कस्ता खालका फलफुल र अन्न उत्पादन हुन्छ भन्ने परीक्षण गर्दै आएको र त्यस अनुसार लहरेमा स्याउ र किवी उत्पादन सफल भएको गुभाजु बताए ।
समुन्द्री सतहबाट झण्डै २४ सय मिटर उचाइमा पर्ने वडा नम्बर ४ को लहरेमा परीक्षण सफल भएसँगै स्याउ खेती गर्न लागिएको वडा कार्यालयले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्