images
images

वडा अध्यक्षको सक्रियतामा ग्रामिण कृषि सडकको सरसफाइ र मर्मत

सिन्धुपाल्चोक ।
वर्षका कारण भत्किएर अबरुद्ध तथा जोखिम भएका सडकहरु सरसफई र मर्मत पछि बलेफी ८ का स्थानीयलाई सहज भएको छ । काम सम्पन्न भएसँगै वडाभित्रका सहायक तथा कृषि सडकहरूको सरसफाइ र मर्मत गरिएपछि वडाबासीलाई यात्रा गर्न सजिलो भएको वडा अध्यक्ष रमेश कुमार श्रेष्ठले जानकारी दिए । किसानहरुको मुख्य बालीको रुपमा रहेको काट्ने मौसम नजिकिएकाले किसानलाई सहज बनाउन आफै खटिएर तत्कालै सडक मर्मत गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

वर्षायाममा सडकहरू बिग्रिएकाले स्थानीय किसानहरूलाई खेतबारीबाट बाली ढुवानी गर्न निकै समस्या भइरहेको थियो । अब किसानहरूलाई धान तथा पराल ढुवानी गर्न सजिलो हुने भएपछि बलेफी–८ का किसानहरूले खुसी व्यक्त गरेका छन्। यस कार्यले कृषि उपजलाई खेतबाट घरसम्म ल्याउन लाग्ने समय र लागत दुवै घटाएको छ ।

images
images

“वर्षाले गर्दा सबै सडकहरू बिग्रिएका थिए । हाम्रो वडा धान उत्पादन हुने मुख्य क्षेत्र भएकाले धान काट्ने बेलामा किसानलाई खेतबाट धान र पराल ढुवानी गर्न सहज होस् भनेर प्राथमिकताका साथ मर्मत कार्य सक्यौँ,” वडा अध्यक्ष श्रेष्ठले भने ।

वडाको पहलमा भएको यो मर्मत कार्यले स्थानीय पूर्वाधार विकासमा सहयोग र्पुयाउनुका साथै कृषि कार्यलाई समेत प्रोत्साहन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्