काठमाडौँ ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य कमरेड शेरबहादुर तामाङको नेतृत्वमा नेता माधव पाण्डे, बागमती प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी तथा मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङ्पाल र इन्द्रावतीका अगुवा नेता तथा कार्यकर्ताहरू सम्मिलित प्रतिनिधिमण्डलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख समक्ष ध्यानाकर्षण पत्र बुझाएका छन् ।
उक्त ध्यानाकर्षणमा मेलम्ची र वरपरका क्षेत्रमा पटक–पटक देखिएको विद्युत् अवरुद्धले आम नागरिकलाई गम्भीर सास्ती भोग्नु परिरहेको उल्लेख गरिएको छ । मेलम्चीमा नयाँ सव–स्टेशन निर्माण तथा तिपेनी सव–स्टेशनको तत्काल मर्मत गरी नियमित तथा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणसँग जोडदार माग गरिएको छ ।
प्रतिनिधिमण्डलले यस समस्यालाई दीर्घकालीन समाधानतर्फ लैजानको लागि नीतिगत निर्णय तथा आवश्यक बजेट विनियोजन गर्नसमेत आग्रह गरेको छ ।















प्रतिक्रिया दिनुहोस्