images
images

बाह्रबिसे ३ का अध्यक्ष भण्डारीद्वारा खोप केन्द्रमा आमाहरूलाई सरसफाई सामग्री वितरण

बाह्रबिसे ।
बाह्रबिसे नगरपालिका वडा नम्बर ३ स्थित बाह्रविसे स्वास्थ्य केन्द्रमा नियमित गर्भजाँच तथा खोप लगाउन आउने आमाहरूलाई सरसफाई सामग्रीहरू वितरण गरिएको छ । आज एक कार्यक्रमका बीच वडा अध्यक्ष जीवनकुमार भण्डारीले नियमित गर्भजाँचका लागि आउने दुईजना नयाँ जोडीलाई खादा लगाएर स्वागत गर्नुका साथै गर्भजाँचको महत्व र यसका फाइदाहरूको बारेमा जानकारी समेत गराए ।

नियमित गर्भजाँच तथा नियमित खोप दिन आफ्ना नानीबाबुहरूलाई स्वास्थ्य संस्थामा लिएर आएका आमाहरूलाई स्वास्थ्य सम्बन्धी खेल खेलाई सरसफाईका लागि आवश्यक पर्ने सामग्रीहरू समेत वितरण गरिएको स्वास्थ्य केन्द्रका सिनियर अहेबा तथा सूचना प्रवक्ता जितेन्द्र राउतले जानकारी दिए । आमाहरूसँग रिचार्ज कार्ड खेलसमेत खेलाइएको थियो ।

images
images

गर्भ जाँच र यसको महत्वबारे गर्भवती महिलाले मात्र नभई उसको श्रीमान र घरपरिवार विशेषगरी सासु ससुराले समेत बुझ्न आवश्यक रहेको बताउँदै यस प्रकारको कार्यक्रमले गर्दा संस्थागत सुत्केरी र गर्भजाँचको आवश्यकता बारे सचेत हुन र स्वस्थकर ब्यवहार बारे जानकारी होस् भन्ने उद्देश्यले यस प्रकारको कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

वडा कार्यालयको आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रमले स्थानीय नागरिकहरूमा गर्भजाँचको महत्व र संस्थागत सुत्केरी हुनुको फाइदाका बारेमा चेतना अभिवृद्धि हुने भएकोले यस प्रकारको कार्यक्रमका लागि बजेट विनियोजनमा वडाले कन्जुसाई नगर्ने वडा अध्यक्ष भण्डारीको भनाइ थियो ।

बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाका पब्लिक हेल्थ नर्स शर्मिला पाण्डेको प्रमुख आतिथ्यता तथा रश्मिला राउतको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम कार्यक्रम सम्पन्न भएको सूचना प्रवक्ता राउत अनमी अनिता श्रेष्ठ र अहेव रिता भट्टराईको सहजिकरणमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्