images
images

असल अभ्यास सिकाईका लागी मेलम्ची नगरपालिका द्वारा बुढानिलकण्ठ नगर अस्पतालसँग छलफल

मेलम्ची ।

मेलम्ची नगरपालिका द्वारा बुढानिलकण्ठ नगरपालिकाले सञ्चालन गरेको नगर अस्पतालको असल अभ्यासका सिकाई ज्ञान सीप र प्रविधी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।

images
images

बुढानिलकण्ठ नगरपालिकाले सञ्चालन गरिरहेको नगर अस्पतालको सफल अनुभवलाई आधार बनाएर मेलम्ची नगरपालिकाले आफ्नै नगर अस्पताललाई दिगो, प्रभावकारी र आधुनिक बनाउन आवश्यक रणनीति र कार्ययोजना तयार गर्न यस कार्यक्रम आयोजना गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्रले दिए ।

त्यस्तै, बुढानिलकण्ठ नगरपालिकाका प्रतिनिधिले नगर अस्पताल सञ्चालनका क्रममा आएका चुनौती र समाधान उपायसमेत बाँडफाँड गर्दै मेलम्चीलाई शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सहभागी स्थानीय तहद्वारा सञ्चालन हुने अस्पताललाई दिगो बनाउन आवश्यक नीति–नियमको स्पष्टता, दक्ष जनशक्ति विकास, सेवा प्रवाहमा प्रविधिको प्रयोग र सामुदायिक सहभागितामा जोड दिए ।

उहाँल यस किसिमको अनुभव आदान–प्रदानले आगामी दिनमा देशभरका नगरपालिकामा स्वास्थ्य सेवाको स्तर वृद्धि गर्नेमा विश्वास व्यक्त गर्दै अब छिटै संचालन हुने मेलम्ची नगर अस्पतालको पनि भ्रमण गर्न निमन्त्रणा ब्यक्त गरे ।

नगर प्रमुख आइतमान तामाङले नगर अस्पताललाई समुदायमै गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्र बनाउन दृढ रहेको र बुढानिलकण्ठ नगरपालिकाको अनुभव हाम्रो लागि अमूल्य मार्गदर्शन हुने बताए ।

बुढानिलकण्ठ नगर अस्पतालले स्वास्थ्य सेवामा लागू गरेका आधुनिक प्रविधि, सेवा व्यवस्थापन, दक्ष जनशक्ति परिचालन, स्वास्थ्य विमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सर्वसुलभ सेवा विस्तार सम्बन्धी अनुभवहरु कार्यक्रममार्फत प्रस्तुत गरिएको थियो । यसले मेलम्ची नगरपालिकाका प्रतिनिधिहरुलाई आफ्नै क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार र गुणस्तरीय सेवा प्रवाहमा सहयोग गर्ने विश्वास गरिएको नगर उप प्रमुख उमा प्रधानले बताए ।

कार्यक्रमका सभाध्यक्ष एवम बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले नगर अस्पताल सञ्चालन गर्नु केवल स्वास्थ्य सेवा प्रवाह गर्ने काम मात्र नभइ यो स्थानीय तहको नेतृत्व क्षमता र जनताप्रतिको उत्तरदायित्वको प्रत्यक्ष उदाहरण रहेको धारणा राखे । बुढानिलकण्ठ नगर अस्पताल सञ्चालन गर्दा भोगेका अनुभव, चुनौती र सफलता मेलम्ची नगरपालिकाका लागि उपयोगी बन्नेछ भन्ने विश्वास ब्यक्त गरे । यस्तो किसिमको अनुभव आदान–प्रदान कार्यक्रमले स्वास्थ्य सेवा सुधार र दिगोपनामा महत्वपूर्ण योगदान पुर्याउने बिश्वास व्यक्त गरे ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ , उपप्रमुख उमा प्रधान , प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र स्वास्थ्य शाखा प्रमुख प्रशुराम श्रेष्ठ मेलम्ची नगर अस्पतालका डा आशिष् लामिछाने जिन्शी शाखा प्रमुख जयराम घोरासैनी तथा बुढानिलकण्ठ नगरपालिकाकाका प्रमुख मिठाराम अधिकारी नगर उप प्रमुख अनिता लामा प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौला नगर अस्पतालका अस्पताल निर्देशक सुधांसु झा लगाएतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्