तातोपानी ।
गत असार २४ मा आएको बाढीले मितेरी पुल बगाएपछि अलपत्र परेका १७३ नेपाली आज स्वदेश फर्किएका छन् । उनीहरू पाँच हप्तापछि सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै स्वदेश फर्किएका हुन् ।
उनिहरुलाई तातोपानी नाकामा नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की, उपाध्यक्ष सुजित बस्नेत, महासचिव रामचन्द्र पराजुली, सचीव आङदोर्जे शेर्पा, सुब्बा श्रेष्ठ,कोषाध्यक्ष सिद्धांत बस्नेत लगायतले स्वागत गरेका थिए । अब राजधानी सम्म पुर्याउन निशुल्क ५ ओटा बसको ब्यवस्था गरिएको संघका अध्यक्ष रामहरी कार्कीले बताए । साथै संघले खानाकाे व्यवस्था समेत गरेकाे थियाे ।
साथै संघले उनिहरुलाई नेपाल ल्याउन नेपाली राजदुताबार र चिनिया अधिकारीहरुसँग पनि समन्वय गरेको जनाएको छ । गत साउन ७ गते पनि तातोपानी नाका हुँदै २०३ जना नेपालीको उद्धार गरिएको थियो ।















प्रतिक्रिया दिनुहोस्