तातोपानी ।
पहिरोले सडक अबरुद्ध हुँदा ३ हप्ता देखि अबरुद्ध भएको कोदारि सडक संचालनमा आएको छ । अरनिको राजमार्ग स्थित कोदारिको इको पहिरोमा सडक भासिएर अबरुद्ध भएसगै बिहिवारबाट सडक संचालन गरिएको हो । बर्षातको समय भएकोले पानी परेपछि निरन्तर पहिरो बग्ने सो क्षेत्रको सडक अबरुद्ध हुँदै आएको थियोे ।
पहिरो पन्छाउन हर प्रयास गर्दा पनि सडक नखुल्दा सडक डिभिजन कार्यालय चरिकोट, भोटेकोसी गाउँपालिका र नाका सबद्ध व्यावसायिले हैरानी खेप्न पुगे। चाडपर्व नजिकिएसगै व्यावसायिले तातोपानीबाट दशै, तिहार, छठ लगायत पर्वलाई लक्षित सामाग्री हालिसकेका छन् ।
तर तातोपानी कोदारी सडक पुर्णरुपमा बन्द बन्न पुग्दा व्यावसायि मारमा परेका हुन । पहिरो गएको ३ हप्ता भयो हामी ३ हप्ता देखि सडक नखुल्दा समस्य भोग्न प¥यो सिन्धुपाल्चोक उद्योग बाणिज्य सघका अध्यक्ष बुद्धराज बस्नेतले भने, “यो ३ हप्ताको समयमा धेरै घाटा ब्यहोर्नु प¥यो कतिपय सामान बोकाएर पहिरो पारी गरियो तर आजबाट सडक खुलेको छ, अध्यक्ष बस्नेतले भने अब पानी परेर पहिरो बगेन भने अस्थायी रुपमा सडक संचालन हुन्छ । ״
पानी र पहिरोले समस्या निम्त्याउन सक्ने ठाँउ हो ३ हप्ता देखि पहिरो पन्छाउन लागी परेको सरकारी निकाय, निजि क्षेत्र र नाका संबद्ध व्यावसायी लागि परेका हुन ।
बिहिवार अड्किएको ३० वटा सामान बोकेको कन्टेनर भन्सार याडर्् पुगे भने नेपालबाट खाली कन्टेनर चीन तर्फ अहिलेसम्म ६ वटा गएको व्यावसायिहरु बताउँछन ।अहिले हामीले खाली कन्टेनर मितेरी पुल छेउमा राख्ने गरि पठाएका छौ, बेलुकासम्म १५/२० वटा कन्टेनर पठाइने व्यावसायि बिजय शेर्पाले बताए ।
अरनिको राजमार्ग स्थित भोटेकोशी गाउँपालिका–२ मा पर्ने कोदारी सडक खण्डको इको पहिरोमा साउन १७ गते राती खसेको पहिरोले सडक सबै भासिएको र माथिबाट बस्ती नै बगेर सडकको लेभलमा आइपुगेको थियोे । आजबाट सडक संचालनमा आएसगै नेपाल छिरेका कन्टेनर ४५ वटा छ्न ।
भने चिनियाँ भुभागमा झन्डै ५ सय कन्टेनर रोकिएका छन । सडकमा समस्या नआए न्यालम, ढिङ्ग्रे, खासा र जाङ्बु पोर्टमा रोकिएको कन्टेनर दुई दिन भित्र नेपाल भित्रीने छ्न । तर चिनियाँ पक्षले जाचपास गर्न समय लगाउने भएकोले कन्टेनर आउन ढिला हुने व्यावसायिहरु बताउँछन । बाढीका कारण रसुवा नामाकम रहेको मितेरी पुल बगाएपछि ब्यवसायीहरुले तातोपानी भन्सार हुँदै सामान ल्याउन पर्ने अवस्था आएको तर सडक अवरुद्ध भएपछि उनिहरु मारमा परेका छन् ।















प्रतिक्रिया दिनुहोस्