images
images

उत्तरी नाका बन्द हुँदा चाडपर्वअघि व्यापारमा बढ्यो चिन्ता

सिन्धुपाल्चाेक । बाढी र पहिरोका कारण चीनसँग जोडिएका नेपालका प्रमुख उत्तरी व्यापारिक नाका लामो समयदेखि बन्द हुँदा व्यवसायीहरूमा चाडपर्वको समयमा सामान अभाव हुने चिन्ता बढेको छ।

सिन्धुपाल्चोकको तातोपानी पनि करिब डेढ महिनादेखि बन्द छ। इको, लिपिङलगायत क्षेत्रमा सडकमा पहिरो खसेको छ भने लिपिङमा सडकको आधार नै बगाएकाले मर्मतमा लामो समय लाग्ने प्रशासनले जनाएको छ।

नाका बन्द हुँदा चीनबाट भन्सार गराएर नेपाल भित्रिएका तथा भन्सार प्रक्रियामा रहेका कन्टेनर अलपत्र छन्। नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अनुसार ८५ भन्दा बढी चिनियाँ गाडीसमेत अड्किएका छन्।

व्यवसायीहरूका अनुसार उत्तरी नाका सञ्चालन हुँदा चीनबाट काठमाडौँ सामान ल्याउन दुई–तीन साता लाग्ने भए पनि समुद्री मार्गबाट भारत हुँदै ल्याउँदा डेढ महिनासम्म लाग्छ। चाडपर्व नजिकिँदै गर्दा नाका नखुले सामान आपूर्तिमा समस्या र बजारमा अभाव हुनसक्ने उनीहरूको चिन्ता छ।

प्रतिक्रिया दिनुहोस्