मेलम्ची । मेलम्ची नगरपालिकाले हल गोरु पाल्ने २४० कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ ।
पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि मेलम्ची नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा प्रति हलगोरुलाई ५ हजारका दरले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको नगर प्रमुख आइतमान तामाङले बताए ।
अनुदान पाउने किसानले अनिवार्य बिमा गर्नुपर्ने नगरपालिका कृषि विकास शाखाका प्रमुख अमरनाथ आचार्यले जानकारी दिए । अनुदान रकम बैंक खाता मार्फत र बिमा भएको तर बैंक खाता नभएको किसानलाई भरपाई गरेर रकम उपलब्ध गराएको आचार्यले जानकारी दिए ।
नगरपालिका भित्रका २४० जना हलगोरु पाल्ने कृषकलाई अनुदान दिइने योजना रहेकाले सोही अनुरूप बजेट समेत विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । यस्ले प्रांगारिक मल उत्पादनमा सहयोग पुग्नुका साथै माटो सुधार गर्न र जैविक विविधतामा समेत सुधार ल्याउने अपेक्षा गरिएको नगर उपप्रमुख उमा प्रधानले बताए ।















प्रतिक्रिया दिनुहोस्