सिन्धुपाल्चोक । त्रिपुरा सुन्दरी गाउँपालिका ६ स्थित ड्याम साइडमा कृषि उपज संकलन केन्द्र निर्माण थालिएको छ।
त्रिपुरा सुन्दरी गाउँपालिकाले खाद्य पोषण सुरक्षा सुधार परियोजनासँगको साझेदारमा सो केन्द्र निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिए।
गाउँपालिकाले कृषि र कृषकलाई प्रोत्साहन गर्न र आउँदा दिनमा पालिकाभित्र उत्पादन भएका र तत्काल बजार पुर्याउन नसक्ने तरकारीलाई कृषि उपज संकालन तथा चिस्यान केन्द्रमा राख्न सक्ने उद्देश्यले निर्माण गर्न लागेको हो। बिहीबार भवन निर्माण कार्यको शिलान्यास गर्दै अध्यक्ष बोहराले भने, कृषि उपज संकलन केन्द्र निर्माण भएपछि पालिकाका कृषकलाई तरकारी उत्पादनमा सहज हुनेछ । उत्पादन भएको तरकारी तत्कालै बजार पुर्याउन नसक्ने कृषकलाई यसले फाइदा पुग्ने बताए । गाउँपालिकाले १३ लाख र फेन्सेप संस्थाको १७ लाख सहयोगमा एक तले भवन निर्माण हुने गाउँपालिकाले जनाएको छ । त्रिपुरा सुन्दरी गाउँपालिकाभित्रका कृषकले उत्पादन गरेका विभिन्न तरकारी अहिले पालिकाले साझेदार गर्दै आएको त्रिपुरासुन्दरी कृषिउपज संकलन केन्द्र खाडीचौरमा बिक्री गर्ने गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्