काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भन्सार महसुलहरू घोषणा गरेका छन् ।
ट्रम्पले घोषणा गरेका नयाँ भन्सार महसुलहरूले विश्वव्यापी व्यापार युद्ध निम्त्याउन सक्ने आँकलन गरिएको छ ।
अमेरिकाले अब विदेशी बनावटका गाडीहरूमाथि २५ प्रतिशत भन्सार महसुल लगाउनेछ। आफू अमेरिकी कामदारहरूको पक्षमा उभिएको ट्रम्पले दाबी गरेका छन् । अमेरिका भन्सार महसुलको मामलामा बराबरीको जवाफ दिने ट्रम्पले बताए ।
धेरै देशहरूले अमेरिकी बजारको फाइदा उठाएर आफूलाई समृद्ध बनाएको दाबी गर्दै ट्रम्पले अब अमेरिकाले पनि आफ्नै फाइदाबारे सोच्ने उल्लेख गरेका छन्। उनले आफू किसान र पशुपालकहरूको हकका उभिएको दाबी गरेका छन् ।
ट्रम्पले नयाँ भन्सार महसुल घोषणा भएको दिनलाई अमेरिकाको मुक्ति दिवसको रूपमा चित्रण गरेका छन्।















प्रतिक्रिया दिनुहोस्