काठमाडौँ । भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको छ ।
पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका आतंकवादीका अखडामा हवाई हमला गरेको हो।
बुधबार राति बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा अपरेसन सिन्दुरुअन्तर्गत भारतले हवाई आक्रमण गरेको हो।
भारतको दाबीअनुसार यी तिनै स्थान हुन्, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो।
भारतीय पत्रिका दैनिक भास्करले पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्टअनुसार भनेर बहावलपुरमा भएको हवाई आक्रमणमा ३० जनाको मृत्यु भएको बताएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय ध्वस्त पारिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर अपरेसन सिन्दुरको निगरानी गरेको जनाइएको छ।
यसैबीच भारतीय सेनाले पाकिस्तानी सैन्य अखडामा आक्रमण नगरिएको, आतंककारी लुक्ने स्थानलाई मात्र निशाना बनाइएको बताएको छ।
अर्कातर्फ स्रोतहरूले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार यो एक संयुक्त सैन्य अपरेसन थियो, जसमा भारतीय सेना र वायुसेनाले संयुक्त रूपमा सटिक स्ट्राइक हतियार प्रयोग गरेका थिए।
यसैबीच, पाकिस्तानले भारतीय हमलाको जवाफ दिने जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्