images
images

इरान-इजराइल आमनेसामने, सयौंको मृत्यु, हजारौँ घाइते

इरान-इजराइल तनाव बढ्दै जाँदा दुवै देशले एकअर्कामाथि सशक्त प्रहार गरिरहेको बताइएको छ।

पाँच दिनसम्म इरानमा कम्तीमा २२४ जनाको र इजराइलमा कम्तीमा २४ जनाको मृत्यु भएको बताइएको छ।

images
images

इरानमा एक हजार भन्दा बढी घाइते भएका छन्। इजराइलमा पनि इरानी आक्रमणबाट सयौं घाइते भएका छन्।

इजराइलले आफ्नो आकाशमा नियन्त्रण कायम गरेकाले अब आक्रमण तीव्र बनाउने बताएको छ।
यसैबीच, इजराइलले इरानको सबैभन्दा ठूलो आणविक केन्द्रमा हमला गरेको छ।

इजराइलले इरानको इस्फाहान प्रान्तको नातान्जमा रहेको युरेनियमा संवर्द्धन केन्द्रमा हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इजराइली हमलमा केन्द्रको संरचनामा क्षति पुगेको र केही प्रयोगशाला र विद्युत् प्रणाली प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस्