मेलम्ची। नेपाली कम्युनिस्ट पार्टी मेलम्ची नगर समितिको राष्ट्रिय जागरण अभियान उद्घाटन गरिएको छ। पार्टीका प्रमुख सचेतक, केन्द्रीय सदस्य तथा सांसद युवराज दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री इन्द्रमाया गुरुङ, केन्द्रीय सदस्य चन्द्रबहादुर थापा, विनोद खनाल, उमेश घोरासैनी, रामलाल विकलगायत नेताहरूको उपस्थिति थियो।
कार्यक्रममा प्रमुख अतिथि दुलालले सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहमा एकैदिन अभियान उद्घाटन भइरहेको जानकारी दिँदै अभियान वडा तहसम्म विस्तार गरिने बताउनुभयो।
उहाँले पार्टी सुदृढीकरण, सदस्यता नवीकरण र अधिवेशन अभियानका मुख्य उद्देश्य रहेको उल्लेख गर्दै समयअनुसार पार्टीलाई रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। संविधानको कार्यान्वयन र वर्तमान सरकारको कार्यशैलीबारे टिप्पणी गर्दै उहाँले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउने उद्देश्यसहित अहिलेदेखि नै सक्रिय हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।
अभियानमार्फत संगठन विस्तार, जनताका समस्या पहिचान, सुझाव संकलन र स्थानीय मुद्दामा पहल गरिने पार्टीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्