images
images

भारत र पाकिस्तानबीच फेरि गोलाबारी

भारत र पाकिस्तानबीचको तनावका बीच जम्मू कश्मीरमा फेरि गोलाबारी भएको छ।

कुपवाडा, उरी र पुंछको कर्नाह तथा तंगधारमा गोलाबारी सुरु भएको बीबीसीले उल्लेख गरेको छ।

यसबाहेक, पठानकोटमा पनि विस्फोटको आवाज सुनिएको छ ।

यसअघि शुक्रबार भारतीय विदेश मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा कर्नेल सोफिया कुरेशीले बिहीबार राति भारतका विभिन्न भागमा भएका आक्रमणहरूको बारेमा जानकारी दिएकी थिइन्।

पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारलाई निशाना बनाएको थियो।

पाकिस्तान तर्फबाट ३०० देखि ४०० ड्रोनहरू छोडिएको थियो।

यद्यपि, पाकिस्तानका रक्षामन्त्रीले आक्रमणको अस्वीकार गरेका छन्।

प्रतिक्रिया दिनुहोस्