images
images

पुटिनले आगोसँग खेलिरहेको ट्रम्पको टिप्पणी

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आगोसँग खेलेको टिप्पणी गरेका छन् ।
पछिल्ला दिनहरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले रुसका राष्ट्रपति पुटिनको कडा आलोचना गरिरहेका छन्।

केही दिनअघि मात्र पुटिनलाई पागलको संज्ञा दिएका ट्रम्पले फेरि उनले आगोसँग खेलिरहेको टिप्पणी गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘भ्लादिमिर पुटिनलाई थाहा छैन शायद म राष्ट्रपति नभएको भए रुसमा धेरै नराम्रा कुरा हुने थिए र मेरो मतलब साँच्चै नराम्रा। उनी आगोसँग खेलिरहेका छन्।’

युक्रेनमा रुसले निरन्तर बमबारी गरेपछि ट्रम्प पुटिनसँग रिसाएका हुन्।

प्रतिक्रिया दिनुहोस्