सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिकाले पालिकाभित्रको विभिन्न स्थानको माटो परीक्षण थालेको छ ।
पालिकाले आइतबारबाट कृषि क्षेत्रलाई जोड दिन माटो परीक्षण गर्दै आएको हो । आइतबारबाट माटो परीक्षणमा जुटेको भोटेकोशी गाउँपालिकाले आजसम्म १ सय ६० माटोको नमुना परीक्षण गरेको भोटेकोशी गाउँपालिकाको कृषि विकास शाखाले जनाएको छ।
कृषकले बाली लगाउने बेला भएको छ, अहिले हामीले पालिका भित्रको १ सय ६० वटा माटोको नमुना संकलन गरेका छौ,यसले गर्दा कृषि क्षेत्र र कृषकलाइ कुन माटोमा कुन बाली लगाउन सकिन्छ भन्ने जानकारी हुने भएकाले पालिकाले आइतबारदेखि माटो परीक्षण शिविर चलाएको कृषि विकास शाखा अधिकृत उषा कार्कीले बताइन् ।
पालिकाले हरेक किसानलाई माटो परीक्षणपछि माटोको अवस्थाबारे जानकारी दिने बताएको छ।
भोटेकोशीमा पालिकाले आगामी दिनमा कृषि र कृषकलार्इ सहयोग पुग्ने उद्देश्यले कस्तो माटोमा कुन बाली लगाउन मिल्ने भन्ने रेकर्ड राखेर बीउबिजन र कुन मल कति प्रयोग गर्न सकिन्छ भन्ने जानकारी आम कृषकलाई गराउनेछ। पालिकाले माटो परीक्षण सकिएपछि युरिया, डिएपी र पोटासको मात्राका साथै कृषि चुन सिफारिस गर्ने कृषि विकास शाखाले जनाएको छ । यसले गर्दा हरेक कृषकले आफ्नो मेहनतमा सफलता पाउने र सँगै उत्पादन पनि वृद्धि हुँदै जानेछ।













प्रतिक्रिया दिनुहोस्