गाजामा नयाँ युद्धविराम प्रस्तावमा प्यालेस्टिनी लडाकु समूह हमासले सहमति जनाएको छ।
सहमतिअनुसार थप पाँच बन्धक रिहा गर्ने र बदलामा ५० दिनको युद्धविराम गर्नुपर्ने उल्लेख छ।
दुवै पक्ष नयाँ सम्झौतामा सहमत भएमा युद्धविराम यो इदमा लागू हुने सम्भावना रहेको अन्तर्राष्टिय सञ्चार माध्यमहरुले जनाएका छन्। इजरायली सेनाले गाजामा दैनिक हवाई आक्रमण र रफाहमा स्थलगत कारबाही गरिरहेका बेला नयाँ युद्धविराम सम्झौताबारे छलफल भइरहेको हो।
जनवरीमा हमास र इजरायलबीच भएको युद्धविराम सम्झौता यसै महिना भंग भएको थियो।
हमासले पहिलेको सम्झौता तोड्नु हुँदैन र दोस्रो चरणका लागि वार्ता सुरु हुनुपर्छ भनेको थियो। तर यसबारे कुराकानी सुरु नै हुन सकेन।
बदलामा इजरायल र संयुक्त राज्य अमेरिकाले एक महिनाअघि समाप्त भएको युद्धविरामको पहिलो चरणलाई थप गर्नुपर्ने प्रस्ताव राखे।
इजरायलले हमासलाई यो कुरा स्वीकार नगरेको आरोप लगायो र फेरि आक्रमण सुरु गर्यो।
युद्धविरामको पहिलो चरणमा हमासले ३३ जना बन्धकलाई रिहा गर्यो। अझै उसले ५९ जनालाई बन्धक बनाएको उल्लेख गरिएको छ।
तर तीमध्ये कति जना जीवित छन् भन्ने कुरा यकिन हुन सकेको छैन।















प्रतिक्रिया दिनुहोस्