अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच पुनः लामो कुराकानी भएको छ।
ह्वाइटहाउसमा चर्काचर्कीपछि पहिलोपटक दुई नेताबीच लामो फोनवार्ता भएको हो। बुधबार उनीहरूले करिब एक घन्टा वार्ता गरेको सञ्चारमाध्यमहरूले जनाएका छन्।
राष्ट्रपति ट्रम्पले मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घन्टा टेलिफोन संवाद गरेका थिए। बुधबार जेलेन्स्कीसँगको संवादमा सोही विषयमा कुराकानी भएको बताइएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेलत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले जेलेन्स्कीसँग लामो फोन वार्ता गरेका हुन्।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा लेखेअनुसार वार्ताको उद्देश्य युक्रेन र रुसलाई उनीहरूको अनुरोध र आवश्यकताअनुसार एकजुट गराउनु हो।
साथै उनले युद्धविरामका प्रयास सही दिशामा अघि बढिरहेको पनि उल्लेख गरेका छन्।
उता जेलेन्स्कीले ट्रम्पसँगको कुराकानीलाई ुसकारात्मकु, ुखुलाु र ुधेरै गहिरोु भनेका छन्।
‘एक अनलाइन ब्रिफिङमा जेलेन्स्कीले आफू र ट्रम्पले रुसको कब्जामा रहेको जापोरिज्जिया पावर प्लान्टको सम्भावित अमेरिकी स्वामित्वबारे छलफल भएको बताए।
साथै जेलेन्स्कीले रुसले युद्धविरामका शर्तहरू उल्लंघन गरे युक्रेनले बदला लिने चेतावनी पनि दिए।







प्रतिक्रिया दिनुहोस्