images
images

भोटेकोशी जलविद्युत आयोजना तत्काल सञ्चालनमा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।
जेन–जी आन्दोलनको नाममा निशुल्क शेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन गृहमन्त्री ओमप्रकाश अर्यालले निर्देशन दिएका छन् ।

बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा पीडित जलविद्युत आयोजनाहरुका प्रतिनिधि सहितको टोलीले गृहमन्त्रीलाई घटनाबारे जानकारी गराएका थिए ।

images
images

अध्यक्ष गणेश कार्कीले जेन–जी युवाहरुको नाममा जलविद्युत आयोजना बन्द गराउनु अराजकता भएको भन्दै यथाशीघ्र आयोजना सञ्चालन हुने वातावरण बनाउन गृहमन्त्री अर्यालसँग माग गरेका थिए। इप्पानका कुरा सुनेलगत्तै गृहमन्त्री अर्याललले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई टेलिफोन गरी भोटेकोशी जलविद्युत आयोजना तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् ।

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि सिन्धुपाल्चोकमा सञ्चालित ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनामा जेनजी आन्दोलनका नाममा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एउटा समूहले ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत् आयोजना एक महिनादेखि बन्द छ ।

भोटेकोशी गाउँपालिकाका स्थानीयबासिन्दालाई १० प्रतिशत सेयर सित्तैँमा दिनुपर्ने माग गर्दै उनीहरूले एक महिनादेखि आयोजना सञ्चालनमा अवरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्