तातोपानी ।
गत असार २४ मा आएको बाढीले मितेरी पुल बगाएपछि अलपत्र परेका १६९ नेपाली आज स्वदेश फर्कदैछन् । उनीहरू सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै स्वदेश फर्कन लागेका हुन् । उनिहरुलाई तातोपानी नाकामा हिमालय सिमापार बाणिज्य संघले खाना र बासको ब्यवस्था गरेको संगले जनाएको छ । उनिहरुलाई राजधानी सम्म पुर्याउन निशुल्क ५ ओटा बसको ब्यवस्था गरिएको संघका अध्यक्ष रामहरी कार्कीले बताए ।
साथै संघले उनिहरुलाई नेपाल ल्याउन नेपाली राजदुताबार र चिनिया अधिकारीहरुसँग पनि समन्वय गरेको जनाएको छ । गत साउन ७ गते पनि तातोपानी नाका हुँदै २०३ जना नेपालीको उद्धार गरिएको थियो ।















प्रतिक्रिया दिनुहोस्