रसुवागढी ।
गएको असार २४ गते चीन भएर बग्ने लेन्दे नदीमा आएको भीषण बाढीका कारण रसुवागढीको सडक भत्किँदा दुईतर्फी व्यापार ठप्प भएको छ। सडक अवरुद्ध भएपछि केरुङ हुँदै आउने सामानको आयात र नेपालबाट जाने सामानको निर्यात प्रभावित बनेको छ। आयात-निर्यात ठप्प हुँदा व्यापारीहरूले ठूलो आर्थिक क्षति भोग्नु परेको र लामो समयको प्रतीक्षाका कारण बजारमा समेत वस्तु अभाव हुने खतरा देखिएको उनीहरूले बताएका छन्।
व्यावसायिहरुको छाता संगठन नेपाल हिमालय सिमापार बाणिज्य सघको टोलीले सोमबार भन्सार बिभाग प्रमुखलाई भेटेर नाका छिटो संचालन गर्न माग गरेको हुन बाणिज्य सघका अध्यक्ष रामहरि कार्की नेतृत्व टोलि ज्ञापन पत्र बुझाउदै छिटोभन्दा छिटो व्यावसायि सहज गराउन ध्यानाकर्षण गराएका हुन ।
टोलीमा अध्यक्ष रामहरि कार्की सहित, बरिष्ठ उपाध्यक्ष सागर घिमिरे र महासचिव रामचन्द्र पराजुलीको लगायत सहभागी थिए ।
रसुवागढी नाकामा बेलिब्रिज निर्माण कार्य अघि बढिरहेकाले हाल सरकारी निकाय र संघसंस्थाले सक्रिय भएर काम गरिरहेको भए पनि व्यापार सहज बनाउन तत्काल भन्सार कार्यालय र सम्बन्धित विभागले थप पहल गर्नुपर्ने व्यवसायीहरूको माग छ। व्यापारीहरूले भन्सारमा समयमै काम गराएर केरुङबाट आएका सामान छिटो पास गर्ने व्यवस्था मिलाउन अनुरोध गरेका छन्।
विशेषगरी तातोपानी नाकामा व्यापार चाप बढेको र त्यहाँ पनि समयमै सामान जाँच पास गर्न भन्सार कार्यालयमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म अतिरिक्त समयमा सेवा दिनुपर्ने व्यापारीहरूको माग छ। यसबाहेक, लार्चाको ICD मा रहेका सामानलाई छिटो जाँचपास गरेर काठमाडौं ल्याउन र काठमाडौंको ICD बाट पनि छिटो प्रक्रिया पूरा गरेर व्यापारीहरूलाई सहज सेवा दिन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।
व्यापारीहरूले रसुवागढी र तातोपानी दुबै नाकामा समयमै भन्सार जाँचपासको सुविधा नपाउँदा आयात-निर्यातमा अवरोध हुने भएकाले समस्या तत्काल समाधान गर्न माग गरेका छन्।















प्रतिक्रिया दिनुहोस्