बाह्रबिसे, सिन्धुपाल्चोक ।
बाह्रबिसे नगरपालिका ३ स्थित च्यान डाडाका स्थानीयलाइ बाह्रबिसे स्वास्थ्य चौकिले गाउँघर क्लिनिक सेवाबाट सेवा प्रवाह गर्दै आएको छ।
शुक्रबार बाह्रबिसे नगरपालिका ३ च्यानडाडाको सामुदायिक भवनमा संचालन गरेको गाउँघर क्लिनिकबाट ७५ जनाले सेवा लिएको बाह्रबिसे स्वास्थ्य चौकिको अहेव जितेन्द्र राउतले जानकारी दिए।
आज शुक्रबार हामीले गाउँघर क्लिनिक सेवा प्रवाह गरेका थियौ, स्थानीयले यहाँबाट आफ्नो समस्या बारे सेवा लिएका छन । गाउँघर क्लिनिकमा महिला तथा पुरुषहरुले आफ्नो समस्या बारे स्वास्थ्यकर्मी सग परामर्श तथा औषधी उपचारको सेवा लिने गरेका छन। क्लिनिकबाट स्थानीयले वृद्धि अनुगमन, परिवार नियोजन सेवा,सुरक्षित मातृत्व सेवा, मधुमेह, प्रेसर, नसर्ने रोगहरु लगायत आफ्नो समस्याको फलोअप तथा स्वास्थ्य शिक्षा परामर्श लिने गरेको जितेन्द्र राउतले बताए । साथै दम, प्रेसर, सुगरको लगायत अन्य सामान्य औसधि बितरण पनि गर्ने गरेको उनले बताए ।
उनले भने, हामीले प्राथमिक उपचार सेवा दिने गरेका छौ।, वडा नम्बर ३ का अध्यक्ष जीवन भण्डारीले भने, स्वास्थ्य चौकी आउन टाढा हुने भएकाले २/३ घन्टा लाग्ने गाउँ बस्तीमा गाउँघर क्लिनिक सेवा दिएको भण्डारीले बताए ।
यसलाई हामीले अझ ब्यबस्थापन गरेर लैजाने छौ, कतिपय नागरिक प्राथमिक उपचारको लागी समेत आउन नसक्ने भएकोले यो सेवालाई प्रभावकारी बनाउदै लगिएको बताए । हरेक महिनाको १६ गते यो सेवा संचालन गरिने छ । यसलाई हामीले निरन्तरता दिदै आएका छौं ।
बाह्रबिसे नगरपालिकाको अन्य वडामा समेत गाउँघर क्लिनिकबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्