images
images

बाह्रविसेका सुत्काेरी तथा गर्भवती आमाहरुले पाए ५८ ओटा बाख्रा

बाह्रविसे।

सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाले सुनौला हजार दिनका गर्भवती तथा सुत्केरी महिलाहरूलाई बाख्रा वितरण गरेको छ।

images
images

नगरपालिकाको बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत ५८ ओटा उन्नत जातको बोयर बाख्रा वितरण गरेको हो। गर्भवती तथा सुत्केरी महिलाहरूको पोषण सुधारका लागि उक्त कार्यक्रम अघि सारिएको नगरपालिकाले जनाएको छ।

दलित र जनजातिलाई प्राथमिकता दिएर गरिएको उक्त कार्यक्रममा बढी मात्रामा दलित महिलाहरू समावेश भएको नबाह्रविसे स्वास्थ्य चाैकीका सुचनाअधिकारी जितेन्द्र राउतले जानकारी दिए।

नगर प्रमुख बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा आज वडा नम्बर ३ मा रहेको बाह्रविसे स्वास्थ्य चाैकीमा भएको कार्यक्रममा आफ्नो भनाई राख्दै उहाँले पालिकालाई २०८३ भित्र पोषणमैत्री र बालमैत्री घोषणा गर्ने उद्देश्यका साथ अघि बढेको र यस्ता कार्यक्रमले उक्त उद्देश्यलाई पूरा गर्न सहयोग पुर्‍याउने बताए । त्यस्तै आज वितरण गरिएको बाख्राको बीमा गर्न आवश्यक रहेकोले समूहको कोषबाट नै बाख्राको बीमाको व्यवस्था मिलाइने उनकाे भनाइ छ।

कार्यक्रमका सभापति तथा वडा नम्बर ३ का अध्यक्ष जीवनकुमार भण्डारीले वडालाई निकट भविष्यमा नै बालमैत्री घोषणा गर्न लागिएको जानकारी दिँदै यस्ता खालका कार्यक्रमले उक्त कुरालाई सहयोग पुग्ने बताए । साथै वडा नम्बर ३ मा हाल घरमै सुत्केरी हुने महिलाको सङ्ख्या शून्य रहेको र बर्थिङ सेन्टरमै गएर सुत्केरी गराउनु सुरक्षित हुने चेतना सबैमा जागृत भएको प्रति खुसी व्यक्त गरे। साथै स्वास्थ्य र पोषणको क्षेत्रमा उल्लेख्य सुधार भएको बताउँदै अझ यसलाई निरन्तरता दिँदै प्रभावकारी बनाउन थप बजेटको व्यवस्था गर्न समेत तयार रहेको उनकाे भनाइ छ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बालकृष्ण बस्नेत, सभापति वडाध्यक्ष जीवनकुमार भण्डारी, विशेष अतिथि उपप्रमुख मञ्जु तामाङका साथै स्वास्थ्य शाखा प्रमुख सीता माया दाहाल, स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राजकुमार पौडेल, पोषण सहजकर्ता सुलोचना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्