images
images

काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित

हेटौँडा ।
बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । आज सम्पन्न चुनावमा मुख्यमन्त्रीसमेत रहनुभएका बहादुरसिंह लामालाई ८ मतको अन्तरले पछि पार्दै बानियाँ विजयी भएका हुन् ।

मतगणना अनुसार बानियाँले २२ मत प्राप्त गर्दा लामा १४ मतमा सीमित भए । यस्तै एक मत बदर भएको छ। कुल ३७ जना कांग्रेस सांसदहरूले मतदानमा भाग लिएका थिए ।

images
images

यसअघि पनि लामा र बानियाँबीच संसदीय दलको नेताका लागि प्रतिस्पर्धा भएको थियो। त्यस बेला लामा २१ मत ल्याएर विजयी हुनुभएको थियो भने बानियाँ १६ मत मात्रै पाएका थिए ।

बानियाँ र लामाले संसदीय दलको नेतामा दोस्रो पटक प्रतिस्पर्धा गरेका हुन्। प्रदेशसभाको दोस्रो कार्यकालमा पहिलो पटक २०७९ साल पुस १३ गतेको संसदीय दलको चुनाव हार्नुभएका बानियाँले साढे २ वर्षमै नतिजा उल्ट्याए । लामा नेतृत्व सरकारका पाँच जना मन्त्रीले राजीनामा दिएर बानियाँलाई साथ दिएका थिए । संसदीय दलको नेतृत्वको यो परिवर्तनले बागमती प्रदेशको राजनीतिक परिदृश्यमा नयाँ मोड ल्याउने अनुमान छ ।

 

प्रतिक्रिया दिनुहोस्