images
images

बागमती प्रदेशद्वारा तीन हजार छ सय युवाहरूलाई सीपमूलक तालिम प्रदान

हेटौडा ।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले प्रदेशभित्रका ३६०० युवाहरुलाई सिपमूलक तालिम प्रदान गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालय अन्तर्गत उक्त सङ्ख्याका युवा युवतीहरूलाई विभिन्न सिपमूलक तालिमहरू प्रदान गरेको हो।

images
images

प्राविधिक तथा व्यवसायिक तालिमतर्फ ३६०० जनालाई तीन महिने सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरिएको जसले प्रदेशभित्र रहेका युवा युवतीमा शिप विकास भई स्वरोजगार र उद्यमशीलता अभिवृद्धि गर्न सहयोग पुगेको मन्त्रालयले जनाएको छ।
जसअन्तर्गत विभिन्न विभिन्न आधारभूत तालिमहरूदेखि लेभल एकसम्मका तालिमहरू सञ्चालन गरिएको थियो।

यो सँगै मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न महत्वपूर्ण कार्यहरू सम्पादन गरेका छन् ।

मन्त्रालयले विज्ञान प्रविधि नवप्रवर्द्धन र विकास कोष ऐन २०८१ तथा बागमती विश्वविद्यालय विधान २०७१ निर्माण गरेको ऐन तथा नियमावली र विधान रहेका छन्।

त्यस्तै स्वीकृत नीति अन्तर्गत लैङ्गिक तथा यौनिक अल्पसंख्यक सम्बन्धी नीति २०८१ र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८२ रहेका छन्।

त्यस्तै मनोसामाजिक मनोविमर्श तालिम सञ्चालन कार्यविधि २०८१, शिक्षण सिकाई सहयोग अनुदान सम्बन्धित कार्यविधि २०२१ र राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयन कार्यविधि २०८१ लगायत ११ वटा कार्यविधि निर्देशिका तथा मापदण्डहरू तयार गरेको छ।

शिक्षाको पहुँच विस्तार गुणस्तर सुधार गरी सिकाई उपलब्धि अभिवृद्धि गर्न सहयोग गर्न र भौतिक पूर्वाधार सबलीकरण गर्नका लागि विद्यालय तहदेखि उच्च शिक्षासम्ममा कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रमबाट धेरै सङ्ख्याका विद्यालय तथा विद्यार्थीहरू लाभान्वित भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्