images
images

तातोपानी नाकाबाट नेपाल फर्किएकामध्ये ७० जनालाई कङ्रेस नेता तिमिल्सिनाद्वारा रसुवा जान दुई वटा बसको व्यवस्था

सिन्धुपाल्चोक । बाढीले चीनमा अड्किएर बुधबार तातोपानी नाकाबाट नेपाल फर्किएकामध्ये ७० जनालाई सुवास तिमिल्सिनाले रसुवा जानका लागि दुई वटा बसको व्यवस्था गरेका छन् । नेपाल-चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका २०३ जनामध्ये ७० जना रसुवाका थिए । उनीहरूलाई तिमिल्सिनाले काठमाडौँबाट घर (रसुवा) जानका लागि दुई वटा बसको व्यवस्था गरेका हुन् ।

नेपाली कांग्रेसको सिन्धुपाल्चोक-काठमाडौँ सम्पर्क समितिका अध्यक्षसमेत रहेका तिमिल्सिनाले आफ्नो नीजि खर्चमा उनीहरूलाई बसको व्यवस्था गरेको बासुरी खबरलाई बताए । ‘विपद्‌मा परेकाले सहयोग गर्नु धर्म पनि हो’ तिमिल्सिनाले भने ‘विपद्‌ भनेको जो कोहीलाई जतिबेला पनि पर्नसक्छ त्यसैले सकेको सहयोग गरेको हुँ ।’

images
images

यसअघि पनि आफूले स्वास्थ्य, शिक्षा र बालबालिकाको क्षेत्रमा सहयोग गरेको तिमिल्सिनाले बताए । उनीहरू बाढीबाट बालबालले बाँचेका थिए ।

बुधबार उनीहरूलाई तातोपानीबाट काठमाडौँ आउनका लागि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका र पूर्वअरनिको यातायात समितिले बसको व्यवस्था गरेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले नेपाल सन्दर्भसँग बताएका थिए । उनीहरूलाई काठमाडौँ ल्याउनका लागि ७ वटा बसको व्यवस्था गरेको मेयर बस्नेतले बताए । ‘बाह्रबिसे नगरपालिकाले चार वटा गाडिको व्यवस्था गर्‍यो’ मेयर बस्नेतले भने ‘बाँकी ३ वटा केदार क्षेत्रीले पूर्वअरनिको यातायात समितिबाट मिलाउनु भएको हो ।’

भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाका अनुसार उनीहरूलाई खानपिनका लागि पनि तातोपानीमा नै व्यवस्था गरिएको थियो । उनीहरूले खाएको खाना भोटेकोशी गाउँपालिकाले व्यवस्था गरेको हो । भोटेकोशी गाउँपालिकाले फर्किएकाहरूको स्वास्थ्य परिक्षण गरेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

तातोपानी नाकाबाट नेपाल फर्काउन लागिएकामा सवारी चालक तथा बिरामी परेका, नियमित औषधि सेवन गरिरहेका र औषधि सकिएका गरी २०३ नेपाली रहेका छन् । जसमा दुई जना बालबालिका रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्