images
images

मेलम्चीका ४ वडाहरुद्वारा एमसिए नेपालसँग विद्युत प्रसारण आयोजना बारे ध्यानाकर्षण

मेलम्ची ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका वडा नं. १ देखि ४ सम्मका वडा अध्यक्षहरूले मिलेर आज (एमसिए) नेपालका कार्यकारी निर्देशकसँग भेट गरी विद्युत प्रसारण आयोजनाबाट उत्पन्न समस्याबारे गम्भीर ध्यानाकर्षण गराएका छन्।

images
images

एमसिए नेपालद्वारा निर्माण हुन लागेको विद्युत प्रसारण लाइनका कारण ती वडाका नागरिकहरू प्रत्यक्ष प्रभावित हुने भएकाले प्रभावित समुदायको हक, हित र क्षतिपूर्तिको माग गर्दै लिखित ध्यानाकर्षण पत्र समेत हस्तान्तरण गरिएको हो।

छलफलमा उठाइएका प्रमुख विषयहरु यस्ता छन्ः
१. आयोजनाबाट प्रभावित व्यक्तिहरूको क्षतिपूर्ति र मुआब्जा सुनिश्चित गर्ने।
२. हाल ४६ मिटर चौडाइलाई मात्र प्रभावित क्षेत्र मानिएकोमा यो मापदण्ड विस्तार गरी नजिकका बस्ती र विद्यालयलाई समेत लाभग्राहीमा समेट्नुपर्ने।
३. प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको समेत क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने
४. आयोजना अन्तरगत स्थानीय पूर्वाधार विकास, विशेषगरी सडक र कृषि कोल्ड स्टोर निर्माणको माग।
५. स्थानीय बासिन्दाका लागि रोजगारीको अवसर र आयआर्जनको सुनिश्चितता।
६. विद्युत समस्याको दीर्घकालीन समाधान गर्दै वडा नं. १ देखि ४ सम्म ‘उज्यालो कार्यक्रम’ अन्तर्गत सडक बत्ती जडान।

विकास निर्माणसँग सम्बन्धित अन्य विविध विषयहरूमा समेत छलफल भएको थियो। छलफल सकारात्मक रहेको वडा नं. १ का अध्यक्ष कृष्णमुरारी चौलागाईंले जानकारी दिए ।

उक्त कार्यक्रममा वडा अध्यक्षहरु कृष्ण मुरारी चौलागाई, नगेन्द्र प्रसाद खतिवडा, कुमार बञ्जारा, सञ्जिव तामाङ लगायतको संयुक्त सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्