सिन्धुपाल्चोक ।
गत असार २४ गते नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा आएको बाढीका कारण चीनमा फसेका नेपालीहरु आज स्वदेश फर्किएका छन् । बाढीका कारण नेपाल–चीन मितेरी पुल बगाएपछि स्वदेश फर्कन नपाएका नेपालीलाई आज सिन्धुपाचोकको तातोपानी नाका हुँदै नेपाल फर्काएइको हो ।
उनिहरुलाई सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका र पूर्वअरनिको यातायात समितिले बसको व्यवस्था गरेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए । ।
उनिहरुलाई सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका र पूर्वअरनिको यातायात समितिले बसको व्यवस्था गरेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए । काठमाडौँ ल्याउनका लागि ७ वटा बसको व्यवस्था गरेको मेयर बस्नेतले बताए । ‘बाह्रबिसे नगरपालिकाले चार वटा गाडिको व्यवस्था गरेको छ’ मेयर बस्नेतले भने ‘बाँकी ३ वटा केदार क्षेत्रीले पूर्वअरनिको यातायात समितिबाट मिलाउनु भएको छ ।’
भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाका अनुसार उनीहरूलाई खानपिनका लागि पनि तातोपानीमा नै व्यवस्था गरिएको छ । उनका अनुसार तातोपानीमा रहेको स्मल हेभन होटलमा खानपिनको व्यवस्था गरिएको छ । उनीहरूले खाएको खाना भोटेकोशी गाउँपालिकाले व्यवस्था गरेको हो । त्यस्तै भोटेकोशी गाउँपालिकाले फर्किएकाहरुको स्वास्थ्य परिक्षण समेत गरेको जानएको छ ।
तातोपानी नाकाबाट नेपाल फकाइएकाहरुमा सवारी चालक तथा बिरामी परेका, नियमित औषधि सेवन गरिरहेका र औषधि सकिएका गरी २०३ नेपाली रहेका छन् ।



















प्रतिक्रिया दिनुहोस्