images
images

जम्मु-कश्मीर आतंकवादी हमलामा २७ को मृत्यु

जम्मु-कश्मीरमा मंगलबार २०१९ को पुलवामा आक्रमणपछि सबैभन्दा ठूलो आतंकवादी हमला हुँदा २७ जनाको मृत्यु भएको छ।

मारिएका २७ जनामा एक नेपाली, यूएईका एक पर्यटक, २ जना स्थानीय र बाँकी भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिक रहेको भारतीय दैनिक पत्रिका भास्करले जनाएको छ।

images
images

हमला पहलगामको बैसरन उपत्यकामा भएको हो।

आतंककारीहरूले एक पर्यटकलाई नाम सोधे र टाउकामा गोली हाने। यसपछि उनीहरू अन्य पर्यटकहरूमाथि गोली चलाउँदै भागेको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ ।
यसैबीच आक्रमणको जिम्मेवारी लश्कर-ए-तैयबाले लिएको जनाइएको छ ।

घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्।

घटनापछि सुरक्षा बलले पहलगामको आक्रमण भएको क्षेत्रलाई घेराबन्दी गरेको छ।

हेलिकप्टरबाट पनि निगरानी भइरहेको छ।

यसअघि १४ फेब्रुअरी २०१९ मा पुलवामा आक्रमण हुँदा ४० सैनिक मारिएका थिए।

घटनामा मृत्यु भएका नेपालका नागरिकको यकिन विवरण प्राप्त हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्