काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक व्यक्तिलाई आफ्नै हातले जुत्ता लगाइदिएको फोटो र भिडिओ अहिले भाइरल भएको छ ।
मोदीले सोमबार संविधान निर्माता भीमराव अम्बेडकरको जयन्तीको अवसरमा हरियाणामा र्याली तथा सभालाई सम्बोधन गरेपछि कैथल जिल्लाको खण्ड सीवनस्थित खेड़ी गुलाम अली गाउँका रामपाल कश्यपलाई जुत्ता लगाइदिएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार रामपाल १४ वर्ष अघिदेखि नाङ्गै खुट्टा हिँडडुल गर्दै आएका थिए । गर्मी, जाडो, वर्षा र यहाँसम्म कि आफ्नै छोराको बिहेमा पनि उनले जुत्ता लगाएनन् । भारतमा भाजपा नेतृत्वको सरकार बनेर मोदी प्रधानमन्त्री नबनेसम्म जुत्ता–चप्पल नलगाउने उनले संकल्प गरेका थिए ।
प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट भएपछि मात्रै उनले जुत्ता लगाउने अठोट गरेका थिए ।
यमुनानगरमा सोमबारको सार्वजनिक कार्यक्रमपछि प्रधानमन्त्री मोदीसँग उनको भेट भयो र मोदीले उनलाई जुत्ता लगाइदिएका हुन् ।













प्रतिक्रिया दिनुहोस्