images
images

अमेरिकालाई आफ्ना गल्ती सच्याउन चीनको आग्रह

चीनले अमेरिकालाई सबै पारस्परिक महसुल रद्द गर्न आग्रह गरेको छ।

अमेरिकाले स्मार्टफोन र कम्प्युटरलगायत इलेक्ट्रोनिक सामानमा पारस्परिक कर नलाग्ने घोषणा गरेपछि चीनलाई राहत भएको छ। चिनियाँ अधिकारीहरूले ट्रम्पलाई पारस्परिक करहरू पूर्ण रूपमा रद्द गर्न आह्वान गरेका छन्।

images
images

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पारस्परिक कर लागू गरेदेखि नै विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीच कर युद्ध चलिरहेको छ।

चीनको वाणिज्य मन्त्रालयले अमेरिकालाई आफ्ना गल्ती सच्याउन, पारस्परिक करको गलत नीति पूर्णरूपमा रद्द गर्न र पारस्परिक सम्मानको सही बाटोमा फर्कन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्