images
images

पाँच लाखभन्दा बढी आप्रवासीलाई देशनिकाला गर्छुः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाबाट आएका ५ लाखभन्दा बढी आप्रवासीको अस्थायी कानुनी स्थिति रद्द गर्ने बताएका छन्।

संघीय सरकारले जारी गरेको सूचनाअनुसार, कानुनी आधारबिना अमेरिकामा बसोबास गर्ने आप्रवासीहरूलाई देश निकाला गर्नुभन्दा अघि नै बाहिरिन चेतावनी दिइएको छ।

निवर्तमान राष्ट्रपति बाइडेन प्रशासनको अधीनमा सीएचएनभी नामक कार्यक्रम अन्तर्गत ५ लाख ३० हजार आप्रवासीलाई अमेरिका ल्याइएको थियो।

यो कार्यक्रम कानुनी बसाइँसराइको बाटो खोल्नका लागि थियो। तर ट्रम्प राष्ट्रपति बन्नासाथ यो कार्यक्रम स्थगन गरेका हुन्। यो कार्यक्रम पूर्वराष्ट्रपति जो बाइडेनले २०२२ मा सुरु गरेका थिए। पहिले यो भेनेजुएलाका जनताका लागि तयार पारिएको थियो, तर पछि अन्य धेरै देश यसमा सामेल भए।

यद्यपि, यो अवधिमा यीमध्ये कति आप्रवासीले अमेरिकामा कानुनी रूपमा बस्ने अनुमतिका लागि कानुनी आधार प्राप्त गरेका छन् भन्ने कुरा अझै स्पष्ट छैन। ट्रम्प प्रशासनको यस्तो योजनाले आप्रवासीमा खैलाबैला मच्चिएको छ ।

प्रतिक्रिया दिनुहोस्

images
images
images