images
images

इजरायलले गाजामाथि गर्‍यो भीषण हमला, कैयौँ हताहत

इजरायलले गाजामाथि भीषण आक्रमण गरेको छ ।

इजरायली लडाकु विमानले भीषण हवाई हमलाहरू गरेको बीबीसीले जनाएको छ। गाजाका अधिकारीहरूले उक्त हमलामा कम्तीमा २०० जनाको मृत्यु भएको बताएका छन्। ज्यान गुमाउनेमा उक्त भूभागमा रहेका हमासका उच्च सुरक्षा अधिकारी मोहम्मद अबु वत्था पनि रहेको बताइएको छ।

images
images

उच्च प्रहरी अधिकारी र हमासका राजनीतिक व्यक्तिहरूलाई पनि निसाना बनाइएको थियो। एउटा विज्ञप्तिमा इजरेलले हमासले पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेकाले आफूले उक्त समूहका निसानाहरूमा आक्रमण गरिरहेको बताएको छ।

उक्त प्यालेस्टिनी समूहले सोझै दोस्रो चरणको युद्धविराममा जानुपर्ने धारणा राख्दै आएको थियो। हमासलाई दबाव दिन इजरेलले गाजामा मानवीय सहायता र विद्युत् आपूर्ति कटौती गरिएको छ।

हमासले इजरायलले प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले युद्धविराम सम्झौता उल्ट्याएको आरोप लगाएको छ। उसले सो हमलाले बाँकी इजरेली बन्धकको भविष्यलाई अन्योलपूर्ण बनाएको पनि जनाएको छ।

इजरायलले यसअघि पनि पटक-पटक गाजामा हमला गरिसकेको छ ।

– बीबीसी

 

प्रतिक्रिया दिनुहोस्