मेलम्ची । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र विदेशीको इसाराका कारण पार्टी विभाजन भएको आरोप लगाए । उनले विशेष महाधिवेशनको नाममा नाटक गरेर पार्टी अपहरण गरिएको टिप्पणीसमेत गरे ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षको क्षेत्रीय अधिवेशन उद्घाटन गर्न मेलम्ची पुगेका बस्नेतले पार्टी विभाजनले आगामी निर्वाचनमा नकारात्मक असर पार्ने बताए ।
नेविसंघको पृष्ठभूमिबाट आएका गगन थापा, विश्वप्रकाश शर्मा र गुरुराज घिमिरेलगायतका नेताहरूलाई ‘टिके नेता’को संज्ञा दिँदै उहाँले उनीहरूको निर्वाचन जितेको इतिहासमाथि प्रश्न उठाए ।
बस्नेतले आफूहरू कांग्रेसको जमानत जफत हुने अवस्थाबाट चुनाव जितेर आएको दाबी गर्दै पार्टीमा अवसर पाएका केही नेताहरूले नै अहिले साथ छाडेको बताए ।
पार्टीभित्रको विवाद र विभाजनले संगठन कमजोर बन्ने तथा आगामी निर्वाचनमा त्यसको प्रभाव देखिन सक्ने उनको भनाइ थियो।












प्रतिक्रिया दिनुहोस्