images
images

कांग्रेस केन्द्रीय सदस्यमा वंशलाल तामाङले उम्मेदवारी दिने

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका नेता वंशलाल तामाङले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।

उनले आदिवासी जनजातितर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्। चार दशकभन्दा लामो लोकतान्त्रिक तथा राजनीतिक यात्रामा सक्रिय तामाङले २०३६ सालको विद्यार्थी आन्दोलनदेखि नै लोकतान्त्रिक आन्दोलन र पार्टी संगठन निर्माणमा योगदान पुर्‍याउँदै आएका छन्।

तामाङले कांग्रेसको जिल्ला नेतृत्वदेखि महासमिति सदस्य, इन्द्रावती गाउँपालिका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधिसम्मका विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्। पछिल्लो समय उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए।

पार्टी संगठनमा लामो अनुभव र जनप्रतिनिधिका रूपमा समेत काम गरेको अनुभवका आधारमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको तामाङको भनाइ छ। उनको उम्मेदवारीसँगै सिन्धु काँग्रेसमा उत्सहा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्