images
images

सिन्धुपाल्चोक कांग्रेसको क्षेत्रीय नेतृत्वमा सगुन श्रेष्ठ र कृष्णकुमार तामाङ

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकका प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ को क्षेत्रीय सभापतिमा क्रमशः सगुन श्रेष्ठ र कृष्णकुमार तामाङ निर्वाचित भएका छन्।

क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा सगुन श्रेष्ठ विजयी भएका छन्। उनले आङ दोर्जे शेर्पा र देवेन्द्र खड्कालाई पछि पार्दै क्षेत्रीय सभापतिको जिम्मेवारी हात पारेका हुन्। श्रेष्ठले ६ सय ७० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी आङदोर्जे शेर्पाले ३ सय ९९ र देवेन्द्र खड्काले १ सय ८१ मत प्राप्त गरे ।

यसैगरी, प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा कृष्णकुमार तामाङ निर्वाचित भएका छन्। उनले कुल ५७९ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी पासाङ दोङ तामाङले ४२८ मत, भुपेन्द्र थापाले १०९ मत र करुणासागर सिग्देलले ६० मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर २ को अधिवेशनमा कुल १ हजार २१७ मत खसेको थियो। प्राप्त मतपरिणामअनुसार कृष्णकुमार तामाङले निकटतम प्रतिस्पर्धी पासाङ दोङ तामाङलाई १५१ मतको अन्तरले पराजित गरेका हुन्।

क्षेत्रीय सभापतिमा सगुन श्रेष्ठ र कृष्णकुमार तामाङको विजयसँगै नेपाली कांग्रेस सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा क्षेत्रमा नयाँ क्षेत्रीय नेतृत्व चयन भएको छ।

प्रतिक्रिया दिनुहोस्