चाैतारा । रसुवा बाढीपीडितको पीडामा सिन्धुपाल्चोकका विद्यार्थी, अभिभावक र विद्यालय कर्मचारीले आफ्नो दैनिक खर्च कटाएर साथ दिएका छन्। उनीहरूको स्वस्फूर्त सहयोगबाट प्याब्सन सिन्धुपाल्चोकले १० लाख ४८ हजार ५५४ रुपैयाँ संकलन गरेको छ।
जिल्लाका १९ मध्ये १७ निजी तथा आवासीय विद्यालयबाट संकलित रकम राहत तथा पुनःस्थापनाका लागि प्याब्सन केन्द्रीय कार्यालयमार्फत उपलब्ध गराइने भएको छ। विद्यार्थी र अभिभावकले खाजा तथा पकेट खर्च घटाएर रकम सहयोग गरेको प्याब्सनले जनाएको छ।
तर आर्थिक सहयोगमै सीमित नरही प्याब्सनले बाढीका कारण अभिभावक गुमाएका वा बेपत्ता भएका २९ बालबालिकाको शिक्षामा समेत जिम्मेवारी लिने घोषणा गरेको छ। उनीहरूलाई आबद्ध विद्यालयमा निःशुल्क शिक्षा, आवासीय सुविधा र पूर्ण छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिइएको छ।
देशभरबाट संकलित रकममध्ये केन्द्रीय प्याब्सनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गर्ने तयारी गरेको छ।












प्रतिक्रिया दिनुहोस्