images
images

भाेटेकाेशी बाढीका कारण चीनमा रोकिएका ११४ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए

सिन्धुपाल्चाेक । रसुवामा आएको बाढीपछि चीनतर्फ रोकिएका ११४ नेपाली बिहीबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। चिनियाँ पक्षले सुरक्षित रूपमा उनीहरूलाई सिन्धुपाल्चोकको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो।

चीनतर्फ फसेका १४७ नेपालीमध्ये पहिलो चरणमा ११४ जनालाई नेपाल ल्याइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिनुभयो। स्वदेश फर्किनेमा ११३ जना रसुवाका र एक जना रामेछापका नागरिक रहेका छन्।

चिनियाँ पक्षले नेपाल फर्काइएका नागरिकको राहदानी नम्बरलगायत आवश्यक विवरणसमेत नेपाली अधिकारीलाई उपलब्ध गराएको छ। नाका पुगेका नागरिकको आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई काठमाडौं लैजाने तयारी गरिएको छ।

रसुवाको बाढीपछि सीमापार क्षेत्रमा रोकिएका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउने पहल भइरहेको छ। बाढीका कारण नेपालतर्फ ठूलो क्षति हुनुका साथै नेपाली तथा विदेशी नागरिकसमेत विभिन्न स्थानमा प्रभावित भएका थिए।

प्रतिक्रिया दिनुहोस्