काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी नदी तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली जडान गर्ने विषयमा छलफल भएको छ। चीनसँगको सीमा तातोपानी हुँदै लिपिङदेखि दोलालघाटसम्मको नदी क्षेत्रमा प्रारम्भिक चेतावनी प्रणाली स्थापना गर्नेबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीसहितको टोलीसँग छलफल गरिएको हो।
तिब्बत क्षेत्रमा हिमताल फुट्ने जोखिम बढिरहेका बेला सम्भावित विपद्बाट भोटेकोशी तटीय क्षेत्रका बस्तीलाई समयमै सुरक्षित बनाउन पूर्वसूचना प्रणाली आवश्यक रहेको सहभागीहरूले बताएका छन्।
सिन्धुपाल्चोक क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य अमृता नेपाल तथा काठमाडौँमा उपलब्ध जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू सहभागीतामा छलफल भएको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का निवर्तामान संसद माधव सापकोटाले बताए ।
रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट ठूलो क्षति भएपछि सिन्धुपाल्चोकमा पनि जोखिम न्यूनीकरणका लागि दीर्घकालीन र प्रभावकारी पूर्वतयारी गर्नुपर्नेमा जोड दिइएको छ।














प्रतिक्रिया दिनुहोस्