मेलम्ची । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मेलम्चीबाट १ लाख ४ हजार १६५ रुपैयाँ सहयोग गरिएको छ।
आफूहरू समेत विगतमा विपद्को पीडा भोग्दै आएका मेलम्चीवासीले स्वेच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
मेलम्ची बाढीपीडित नागरिकको तर्फबाट संकलित उक्त रकम कृषि विकास बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको जानकारी दिइएको छ।
आफैंले विपद्को घाउ बोकेर पनि रसुवाका प्रभावित नागरिकको पीडामा साथ दिन मेलम्चीवासीले देखाएको सहयोगलाई मानवीय एकता र ऐक्यबद्धताको उदाहरणका रूपमा लिइएको छ।
सहयोग संकलनमा स्वेच्छिक रूपमा योगदान गर्ने सम्पूर्ण मेलम्चीवासी, सहयोगी मन तथा संयोजनकर्ताप्रति आभार व्यक्त गर्दै यस सहयोगले प्रभावित क्षेत्रको उद्धार तथा पुनःस्थापनामा केही राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।














प्रतिक्रिया दिनुहोस्