images
images

सिलाई सीपले महिलामा स्वरोजगारको आशा, मेलम्चीका १२ महिला व्यवसायतर्फ उन्मुख

दुवाचौर ।  मेलम्ची नगरपालिका–७ का १२ महिलाले तीन महिने सिलाई–कटाई सीप विकास तालिम पूरा गरेसँगै स्वरोजगार र साना उद्यम सञ्चालनतर्फ अघि बढ्ने आधार तयार भएको छ। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको तालिम गत चैत महिनादेखि सञ्चालनमा आएको थियो।

तालिम समापन कार्यक्रममा नगरपालिकाकी उपप्रमुख उमा प्रधानले सीपमूलक तालिम केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई आत्मनिर्भर बन्ने अवसर भएको बताउँदै सिकेको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे । सीपका आधारमा उद्यम सञ्चालन गर्न चाहने महिलालाई आवश्यक तालिम, प्राविधिक सहयोग तथा प्रवर्द्धनात्मक कार्यक्रममार्फत नगरपालिकाले निरन्तर साथ दिने प्रतिबद्धता जनाए ।

सहभागीहरूले तालिमले व्यवसाय सुरु गर्ने आत्मविश्वास बढाएको बताउँदै उत्पादन भएका सामग्रीको बजारीकरणमा स्थानीय सरकारको सहयोग आवश्यक रहेको धारणा राखेका छन्। प्रशिक्षकले नियमित अभ्यास, गुणस्तरीय उत्पादन र व्यवसायिक सोचका साथ अघि बढे सिलाई पेशा दिगो आयआर्जनको माध्यम बन्न सक्ने सुझाव दिएका थिए ।

नगरपालिकाले सञ्चालन गरेको तीन महिने तालिमले महिलामा सीप, आत्मविश्वास र उद्यमशीलता विकास गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्यलाई टेवा पुर्‍याएको अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्