images
images

इन्द्रावतीमा एकैदिन ५० भन्दा बढी पसलमा अनुगमन, उपभोक्ता अधिकारको संरक्षण गर्न आग्रह

नवलपुर । इन्द्रावती गाउँपालिकाभित्रका विभिन्न स्थानहरूमा रहेका पसल तथा व्यवसायिक प्रतिष्ठानहरूमा व्यापक बजार अनुगमन गरिएको छ। गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक शोभाना तामाङको समन्वयमा गाउँपालिकाका वडा नम्बर २, ३, ४, ७, १०, ११ र १२ का विभिन्न बजार क्षेत्रमा गरिएको हो।

अनुगमन टोली ५० भन्दा बढी पसल, किराना स्टोर, होटल–रेस्टुरेन्ट, औषधि पसल, भेटेरिनरी लगायतका व्यवसायिक स्थानहरूमा पुगेको थियो।

images
images

अनुगमनका क्रममा खाद्यान्न, उपभोग्य सामग्री, म्याद गुज्रिएका वस्तु, मूल्य सूची, स्वच्छता तथा तौल–मापनको अवस्थाबारे निरीक्षण गरिएको थियो।

अनुगमनका क्रममा म्याद सकिएका सामग्री हटाउन, मूल्य सूची अनिवार्य रूपमा टाँस्न, दर्ता गरेर मात्र सञ्चालन गर्न, स्वच्छता कायम राख्न तथा उपभोक्ता अधिकारको संरक्षण गर्न सम्बन्धित व्यापारीहरूलाई सचेत गराइएको छ। अहिले सचेत मात्रै गराइएको र पुनः अनुगमन गर्दा पनि अटेर गरेमा बन्द समेत गर्न बाध्य हुने चेतावनी सहित निर्देशन दिइएको छ ।

स्थानीय तहले नियमित रूपमा बजार अनुगमन जारी रहने तथा उपभोक्ता हितलाई प्राथमिकतामा राखेर आवश्यक कारबाही तथा निर्देशनहरू लागू गरिने जनाएको छ।

अनुगमनमा गाउँपालिका उपाध्यक्ष सहित विभिन्न शाखाका कर्मचारीहरु, प्रहरी, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्