images
images

इष्टपोइन्ट एकेडेमीको १३ औँ वार्षिकोत्सव सम्पन्न, शिक्षा क्षेत्रमा पहल गर्ने नवनिर्वाचित सांसद दुलालको प्रतिबद्धता

हेलम्बु । इष्टपोइन्ट एकेडेमीको १३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। वार्षिकोत्सवको अवसरमा पूर्वआधारभूत तहको दीक्षान्त समारोह, अभिभावक दिवस, विद्यार्थीहरूको विविध सांस्कृतिक प्रस्तुति तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य युवराज दुलालले आफू जनताको सपना र विश्वास बोकेर जनताबीच आएको बताए। उनले परिस्थिती जस्तोसुकै भए पनि सिन्धुपाल्चोकका नागरिकहरूको आवाजलाई बुलन्द रूपमा उठाउँदै त्यसलाई कानुन निर्माणको तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

images
images

उनले आफूलाई माया, विश्वास र मत दिएर विजयी गराएकोमा सम्पूर्ण सिन्धुपाल्चोकवासीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा शैक्षिक क्षेत्रसँग सम्बन्धित मुद्दाहरूमा पनि सक्रिय पहलकदमी लिने बताए ।
विद्यालयका प्रिन्सिपल दामोदर भारतीका अनुसार वार्षिकोत्सवको अवसरमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो भने पूर्वआधारभूत तहका विद्यार्थीहरूको दीक्षान्त समारोह र विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति समेत आकर्षणको केन्द्र बनेको थियो। कार्यक्रममा अभिभावक, शिक्षक तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्