क्यौरानी । मेलम्ची नगरपालिका वडा नम्बर ८ स्थित क्यौरानी मतदान स्थलमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। उक्त मतदान केन्द्रमा रहेका दुई वटा मतदान स्थल ‘क’ र ‘ख’ मा बिहान करिब ८ बजेबाट मतदान सुरु भएको थियो।
मतदान स्थलमा जम्मा १ हजार ९ सय ८८ जना मतदाता रहेका मध्ये १ हजार १ सय ९२ जनाले मतदान गरेका छन्। निर्वाचन प्रक्रिया सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको मतदान अधिकृत नमुना रेग्मिले जानकारी दिए ।
मतदानका क्रममा कुनै अप्रिय घटना नभएको र मतदाताहरूले उत्साहका साथ मतदान प्रक्रियामा सहभागी भएको जनाइएको छ। स्थानीय सुरक्षाकर्मी र निर्वाचनमा खटिएका कर्मचारीहरूको समन्वयमा मतदान कार्य व्यवस्थित र शान्तिपूर्ण ढंगले सम्पन्न भएको हो ।













प्रतिक्रिया दिनुहोस्