images
images

क्षेत्र नम्बर दुईमा शेर बहादुर तामाङको जित निश्चित

सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनको माहोल दिनानुदिन तातिँदै जाँदा शेर बहादुर तामाङको पक्षमा जनलहर स्पष्ट देखिएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार तामाङले हालै सम्पन्न गरेको घरदैलो अभियानपछि उनको जित सुनिश्चित बन्दै गएको दाबी गरिएको छ।
क्षेत्रका सबै पालिकाका गाउँ–बस्तीमा पुगेर उनले मतदातासँग प्रत्यक्ष भेटघाट गरेका थिए। घरदैलोका क्रममा स्थानीय बासिन्दाले फूलमाला र खादा लगाएर भव्य स्वागत गरेका थिए। विभिन्न स्थानमा देखिएको उत्साहजनक सहभागिता र समर्थनले तामाङप्रति जनविश्वास बलियो रहेको संकेत दिएको समर्थकहरूको भनाइ छ।
यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार बंशलाल तामाङ तथा नेपालि कम्युनिस्ट पार्टी का उम्मेदवार युवराज दुलाल पनि प्रतिस्पर्धामा रहेका छन्। मुख्य तीन दलबीचको प्रतिस्पर्धा रोचक बने पनि क्षेत्र नम्बर २ मा तामाङको पक्षमा देखिएको जनसमर्थनले चुनावी समीकरण उनको पक्षमा बलियो बनेको समर्थकहरू बताउँछन्।
स्थानीय युवा, महिला तथा अग्रज नागरिकहरूसँगको भेटघाटमा तामाङले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने धारणा प्रस्तुत गरेका थिए। निर्वाचन नजिकिँदै जाँदा बढ्दो जनसमर्थन र सक्रिय चुनावी अभियानका आधारमा यस पटक शेर बहादुर तामाङको जित निश्चित भएको चर्चा व्यापक बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्