images
images

सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाभर मदिरा बिक्री–वितरण तथा सार्वजनिक स्थानमा मदिरा सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचन आयोग नेपाल र गृह मन्त्रालय, निर्वाचन सेलको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त प्रतिबन्ध लागू गरिएको हो।

images
images

जारी सूचनाअनुसार फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै फागुन १४ गते राति १२:०० बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म जिल्लाभर सबै प्रकारका मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सार्वजनिक स्थानमा सेवन गर्न निषेध गरिएको छ।
प्रशासनले सूचनाको उल्लङ्घन गरी मदिरा बिक्री–वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै सुरक्षा निकायबाट कडाइका साथ अनुगमन गरिने जनाएको छ।

निर्वाचन अवधिमा सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज, होटल व्यवसायी तथा आम नागरिकबाट पूर्ण सहयोगको अपेक्षा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्