सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–१० का युवा सुरेन्द्र पौडेलले नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन्। काठमाडौँमा बसोबास गर्दै आएका इन्द्रावतीवासी बुद्धिजीवी, शिक्षक, व्यवसायी, विद्यार्थी तथा अग्रज व्यक्तित्वहरूको सहभागितामा आयोजित अन्तरक्रिया कार्यक्रममार्फत उनले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।
नेपाली कांग्रेस इन्द्रावती–१० काठमाडौँ सम्पर्क समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा काठमाडौँमा रहेका इन्द्रावतीवासीबीच आपसी समन्वय, अनुभव आदान–प्रदान र राजनीतिक संवादलाई सुदृढ गर्ने उद्देश्य राखिएको थियो।
नवप्रवेशी पौडेललाई कांग्रेस केन्द्रीय सदस्य शिव बहादुर सुनार तथा प्रतिनिधिसभा सदस्य सिन्धुपाल्चोक क्षेत्र नं. २ का उम्मेदवार बंशलाल तामाङले स्वागत गरेका थिए।
कार्यक्रममा वक्ताहरूले काठमाडौँमा रहेका इन्द्रावतीवासी युवाहरूको सक्रिय सहभागिताले स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
साथै, बाहिर बसोबास गर्दै आएका नागरिकको अनुभव र सीपलाई गाउँको विकाससँग जोड्न यस्ता संवाद कार्यक्रम प्रभावकारी हुने धारणा राखिएको थियो।















प्रतिक्रिया दिनुहोस्